+
+
Shares

टिमुरे क्षेत्रबाट १२५ जनाको हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित १२५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
  • सेनाका अनुसार टिमुरे र मैलुङबाट २० विदेशी सहित १२५ जनाको बिहीबार बिहान साढे १० बजेसम्म हवाई उद्धार गरिएको हो ।
  • त्रिशूलीस्थित सेनाको आपतकालीन उपचार केन्द्रमा ६४ घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित १२५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार बिहीबार बिहान साढे १० बजेसम्म १२५ जनाको उद्धार  गरिएको हो ।

टिमुरे तथा मैलुङ इलाकाबाट २० विदेशी सहित १२५ जनाको हवाई उद्धार गरिएको सेनाले  जनाएको छ ।

त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ डाक्टर अधिकृत सहितको आपतकालीन उपचार केन्द्रमा ६४ जना घाइतेहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?