News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकले बाढी र प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
- बैंकले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
- बिपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र अनुगमनका लागि ५ एआईयुक्त ड्रोन, ३ पोर्टेबल जेनेरेटर र १०० पावर बैंक नेपाली सेनाको क्याम्पमा पठाइएको छ।
११ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका पाँच वटा अत्याधुनिक एआईयुक्त निगरानी ड्रोन, ५ केभीए क्षमताका तीन वटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।
हालैको विपदबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लाहरू प्रभावित भएका छन् । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। बैंकका अनुसार उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
विपद्को कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनःस्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।
प्रतिक्रिया 4