+
+
Shares

विदेशी नागरिकको उद्धार तथा खोजी गर्न इमर्जेन्सी रेस्पोन्स टिम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीका कारण बेपत्ता विदेशी नागरिकको खोजी, उद्धार र कन्सुलर सहयोगका लागि परराष्ट्र मन्त्रालयले इमर्जेन्सी रेस्पोन्स टिम गठन गरेको छ।
  • मन्त्रालयले ईआरटीलाई प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको सूचना प्रमाणीकरण र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ।
  • परराष्ट्र मन्त्रालयले ९७४४४४१२२७, ९७४४४४१२२८ र emergency@mofa.gov.np मार्फत सूचना दिन आग्रह गरेको छ।

११ भदौ, काठमाडौं । भोटेकोशी बाढीका कारण वेपत्ता भएका विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि परराष्ट्र मन्त्रालयले इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) गठन गरेको छ ।

रसुवा जिल्लामा आएको भोटेकोशीको आकस्मिक बाढीबाट धेरै विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले इमर्जेन्सी रेस्पोन्स टिम गठन गरेको हो ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ ।

ईआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने छ।

मन्त्रालयका अनुसार विदेशी नागरिकसम्बन्धी आवश्यक सूचना संकलन, सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ।

विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, बेपत्ता व्यक्तिका परिवार तथा सर्वसाधारणलाई रसुवाको बाढीसँग सम्बन्धित प्रभावित वा बेपत्ता विदेशी नागरिकबारे कुनै सूचना भए ईआरटीको हटलाइन वा इमेलमार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ।

यसका लागि ९७४४४४१२२७ र ९७४४४४१२२८ मा आपत्कालीन हटलाइन÷ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै, emergency@mofa.gov.np मा इमेलमार्फत पनि जानकारी दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?