+
+
Shares

रसुवा बाढीमा रुकुमपूर्वका १७ जना सम्पर्कविहीन

रसुवाको रसुवागढी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि रुकुमपूर्वका १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको रसुवागढी क्षेत्रमा भदौ १० गते आएको बाढीपछि रुकुमपूर्वका १६ जना नागरिक परिवार र आफन्तको सम्पर्कविहीन भएका छन्।
  • सम्पर्कविहीनमध्ये भूमे–३ का ३२ वर्षीय जनककुमार पुन, सिस्ने–४ का मनराज घर्तीमगर र प्रहरी जवान मिलन श्रेष्ठ छन्।
  • सिस्ने–४ का सीता पुनसहित उनका दुई छोरा, अर्जुन खत्रीको परिवारका पाँच सदस्य र यागमाया केसी तथा सुमन शाही पनि सम्पर्कविहीन छन्।

११ भदौ, रुकुमपूर्व। रसुवाको रसुवागढी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि रुकुमपूर्वका १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।

रोजगारीका लागि रसुवा पुगेका उनीहरू बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन हुनेमा भूमे गाउँपालिका–३ सीमाका ३२ वर्षीय जनककुमार पुन छन्। उनी रसुवामा जेसीबी अपरेटरका रूपमा काम गर्दै आएका थिए।

त्यस्तै सिस्ने गाउँपालिका–४ दादिङका ५८ वर्षिय मनराज घर्तीमगर, ५० वर्षको बलबहादुर घर्ती, ४० वर्षकी अमृता घर्ती, ६ वर्षीय एक बालक, ३४ वर्षिय राजेन्द्र घर्तीमगर रहेका छन् । ३७ वर्षकी सीता पुनसंगै सीता दुई छोरा ९ वर्षिय रोजन घर्ती र ४ वर्षिय सुगम घर्ती पनि सम्पर्कविहीन भएका छन् ।

सिस्ने–४ कै ४८ वर्षिय टेकबहादुर विक भनिने अर्जुन खत्री उनको श्रीमती ४८ वर्षको धनकुमारी खत्री, धनकुमारीका २६ वर्षकी मीना खत्री र १८ वर्षीया एक युवती र नाम नखुलेको १५ वर्षीय युवक र ३ वर्षीया एक बालिका पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ।

यस्तै ५० वर्षको यागमाया केसी र २१ वर्षका सुमन शाही पनि बाढीपछि सम्पर्कविहीन छन्। यागमाया केसी रसुवागढी क्षेत्रमा बस्दै आएकी थिइन् भने सुमन शाही रसुवाको हाइड्रोपावर आयोजनामा काम गर्न पुगेका थिए।

भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय प्रहरी जवान मिलन श्रेष्ठ पनि रसुवागढी प्रहरी चौकीबाट बाढीपछि सम्पर्कविहीन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?