News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीका कारण मानसरोवर यात्रामा गएका ४० वटा यात्रुवाहक सवारी साधन सम्पर्कविहीन रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
- अरनिको सेवा प्रालिका २५ र नमस्ते पासाङ ल्हामु यातायात कम्पनीका १५ वटा गाडी कहाँ छन् भन्ने यकिन हुन सकेको छैन।
- अरनिको यातायातका चालक र सहचालक गरी ५० जना बस स्टाफ सम्पर्कविहीन रहेका र ३ जना सम्पर्कमा आएका छन्।
११ भदौ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बाढीबाट ४० वटा यात्रुवाहक सवारी साधनहरू सम्पर्कविहीन रहेको जानकारी गराएको छ ।
भदौ १० गते आएको बाढीका कारणले मानसरोवारको यात्रामा गएका बसहरू सम्पर्कविहिन भएको महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी गराए ।
‘सम्पर्कविहीन भएका सवारी साधनको प्रारम्भिक रुपमा हामीलाई नामहरू आउन सुरु भएको छ । अरनिको सेवा प्रालिबाट २५ वटा गाडी तिर्थयात्रीलाई लिएर गएका थिए,’ सिटौलाले भने, ‘२५ वटा गाडी कहाँ छन् भन्ने यकिन भएको छैन । नमस्ते पासाङ ल्हामु यातायात कम्पनीका १५ वटा सवारी साधनमा गएका यात्रुहरू कहाँ छन् भन्ने विवरण आउन सकेको छैन ।’
अरनिको यातायातका चालक र सहचालक गरी ५० जना बस स्टाफहरू सम्पर्कविहिन रहेका र ३ जना भने सम्पर्क आएको जानकारी गराइएको छ ।
नमस्ते पासाङ ल्हामु यातायात कम्पनी अन्तर्गत रहेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सवारी धनीको अत्यधिक क्षति भएको सिटौलाले बताए ।
प्रतिक्रिया 4