News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमाले पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ।
- न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ र अन्य १५ जनालाई दोषी ठहर गरेको हो।
- अदालतले सजाय निर्धारणका लागि उनीहरूलाई आगामी २५ गते पेश गर्न आदेश दिएको छ।
११ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमाले पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङ सहित दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडल, सुमन नन्दन, हरिहरप्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दानहिरा तुलाधर(कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरि प्रसाद रिसाल, सिर्जना शाक्य(तामाङ), लालकाजी गुरुङ र मिना गुरुङलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनीहरुलाई कसुर निर्धारणका लागि आगामी २५ गते पेश गर्न आदेश दिएको छ ।
तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4