+
+
Shares

सहकारी ठगीका मुख्य अभियुक्त सीबी लामा पक्राउ

उनी गत भदौमा भएको जेनजी आन्दोलनमा डिल्लीबजार कारागारबाट फरार भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहकारी ठगीका मुख्य अभियुक्त तथा कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर लामालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
  • मकवानपुरका डीएसपी माधव काफ्लेले लामालाई पक्राउ गरिएको पुष्टि गर्दै उनी कारागार पठाइने जानकारी दिए।
  • लामा गत भदौ महिनामा डिल्लीबजार कारागारबाट फरार भएका थिए र उनी सहकारी ठगीको कसुरमा पुर्पक्षका लागि थुनामा थिए।

५ साउन, काठमाडौं । सहकारी ठगीका एक मुख्य अभियुक्त पक्राउ परको छन् ।

पक्राउ पर्नेमा सीबी (चन्द्रबहादुर) लामा छन् । उनलाई मकवानपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका डीएसपी मावध काफ्लेले पुष्टि गरे । उनी गत भदौमा भएको जेनजी आन्दोलनमा डिल्लीबजार कारागारबाट फरार भएका थिए ।

सहकारी ठगीको कसुरमा पक्राउ परेर उनी पुर्पक्षका लागि थुनामा थिए । पक्राउ परेका उनलाई कारागार पठाइने प्रहरीले बताएको छ ।

उनी कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?