+
+
Shares

रसुवा बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका १० जना सकुशल भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल भेटिएका छन्।

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल भेटिएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका—३ बस्ने सुनिल चौधरी, भीमदत्त नगरपालिका—६ बस्ने चन्दा जोशी, वेदकोटका अजय राना सम्पर्कमा आएका हुन् । त्यसैगरी सुरेश राना, सन्तोष राना, बेलौरीका नवीन चौधरी, आर्दश चौधरी, कञ्चनपुरकै राकेश भट्ट, प्रदीप चन्द र डडेल्धुराका सुनिल बुढामगर सकुशल भेटिएका छन्।

उनीहरू मध्ये ७ जना हाइड्रो पावरमा काम गर्ने व्यक्ति र चन्दा नर्सिङकी विद्यार्थी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए।

अन्य दुई जना किन त्यहाँ गएका थिए भन्ने खुलेको छैन् । सम्पर्कविहीन भएका व्यक्तिको संख्या अझै १३० छ ।

एसएसपी बिष्टकाअनुसार कैलालीका ४९, कञ्चनपुरका ३४, बाजुराका १४, डडेल्धुराका १७, बैतडीका ८, दार्चुलाका ४, डोटी र बझाङका २÷२ जना रर अछामका एक जना सम्पर्कविहीन भएको विवरण छ ।

सुदूरपश्चिम घर भएर कामको सिलसिलामा रसुवा पुगेका मजदुर, कर्मचारी तथा सुरक्षाकर्मी बाढीमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?