+
+
Shares

रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ २० कात्तिकमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपछिको असहज स्थितिका कारण रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को २६ भदौको प्रदर्शन स्थगित भएको छ।
  • निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्सले मुलुकको प्रतिकुल परिस्थिती र पीडा–दुःखको घडीलाई कारण देखाउँदै प्रदर्शन उपयुक्त नदेखिएको जनाएको छ।
  • अब फिल्म तिहारमा कात्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुने निर्माता दिल श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन्।

काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ । भोटेकोशी बाढीपछिको असहज स्थितीलाई ध्यानमा राख्दै निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रालिले २६ भदौमा फिल्म प्रदर्शन नहुने जनाएको हो ।

‘मुलुकको विद्यमान प्रतिकुल परिस्थितीलाई मध्यनजर गर्दै, यो पीडा र दुःखको घडीमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाम्रो टोली यस निर्णयमा पुगेका हौं’ निर्माताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अब यो फिल्म तिहार पर्वको अवसरमा कात्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुने भएको छ । ‘देश दुःखी रहेको यस घडीमा मनोरन्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानी हामीले यो निर्णय लिएका हौं’ निर्माता दिल श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?