News Summary
Generated by OK AI. Editorially reviewed.- टोखाको चण्डेश्वरी दाफा खलःले लाखे नाच प्रदर्शन गरी बाढीपीडितका लागि ४३ हजार ५८७ रुपैयाँ सहयोग संकलन गरेको छ।
१५ भदौ, काठमाडौं । टोखाको चण्डेश्वरी दाफा खलःले सांस्कृतिक लाखे नाच प्रदर्शन गरी बाढीपिडितलाई सहयोग संकलन गरेको छ । हिजो टोखाको सांस्कृतिक पर्व रोपाइँ जात्रासँगै लाखे नाच लिएर टोखा नगर परिक्रमा गरी सहयोग रकम संकलन गरिएको थियो ।
संकलित रकम टोखा नगरपालिका–२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको रोहबरमा गणना गरिएको चण्डेश्वरी दाफा खलःले जानकारी दिएको छ । संकलित ४३ हजार ५८७ रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी छ ।
वर्षौंदेखि क्रियाशील यस दाफा खलःले टोखाको लिच्छवीकालीन संस्कृति तथा संस्कार प्रवर्धनमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ । धर्म र संस्कृति संरक्षणकै लागि दाफा खलःहरू स्थापना गरिएको र यसको केन्द्रमा मानवता रहने भएकाले आपतमा परेका मानिसको सेवामा यस कदम चालिएको खलःले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4