+
+
Shares

नेपालमा सी-१७ ए ग्लोबमास्टर विमानमार्फत राहत पठाउँदै अस्ट्रेलिया

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ।
  • अस्ट्रेलियाली रक्षा मन्त्रालयका अनुसार राहत सामग्री, उपकरण र जनशक्ति बोकेको ‘सी-१७ ए ग्लोबमास्टर ३’ विमान नेपाल पठाइनेछ।
  • उक्त विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्ने विदेश मन्त्रालयले जनाएको छ।

१५ भदौ, काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ।

अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री, उपकरण र जनशक्ति बोकेको ‘रोयल अस्ट्रेलियन एयर फोर्स’ को ‘सी-१७ ए ग्लोबमास्टर ३’ विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ।

नेपालले बेहोरिरहेको विपद्‌मा सिङ्गो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागिएको विदेश मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सघाउँदै उक्त ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो।

रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, मानवीय सहायता तथा विपद् राहत सामग्री, आवश्यक उपकरण र जनशक्ति बोकेको उक्त विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?