+
+
Shares

बाढीमा ज्यान गुमाउनेलाई गण्डकीले एक लाख दिने, घाइतेलाई उपचारका लागि ५० हजार

त्यस्तै गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभिरको पहिरोका कारण सडकमार्ग हुँदै आउन नसकेकाहरू हवाई मार्गमार्फत पोखरा आउनेलाई घरसम्म पुर्‍याइदिने निर्णय पनि गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्ले मृतक र बेपत्ता परिवारलाई १ लाख रुपैयाँ र मृतकका परिवारलाई २५ हजार रुपैयाँ काजकिरिया खर्च दिने निर्णय गरेको छ।
  • बाढीमा घाइते भएकालाई ५० हजार रुपैयाँ उपचार खर्च दिने र हवाईमार्गबाट पोखरा आउनेलाई घरसम्म पुर्‍याइदिने निर्णय पनि सरकारले गरेको छ।

१५ भदौ, पोखरा। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कोषमा रकम जम्मा गर्ने, घाइते भएका प्रदेशका नागरिकलाई उपचारका लागि खर्च दिने, मृतकका परिवारलाई एकलाख रुपैयाँ दिनेसहितका निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए।

‘आज बसेको मन्त्रिपरिषद् बैठकले ४ करोड रुपैयाँ प्रधानमन्त्री विपद् कोषमा जम्मा गर्ने निर्णय गरेका छौं। मृतकको परिवारलाई एक लाख रुपैयाँ दिने, बेपत्ता परिवारलाई पनि एक लाख नै दिने निर्णय गरेका छौं,’ उनले भने, ‘मृतकका परिवारलाई २५ हजार रुपैयाँ काजकिरिया खर्च दिने निर्णय पनि गरेका छौं।’

त्यस्तै बाढीमा घाइते भएकाहरूलाई उपचारका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय सरकारले गरेको छ।

त्यस्तै गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभिरको पहिरोका कारण सडकमार्ग हुँदै आउन नसकेकाहरू हवाई मार्गमार्फत पोखरा आउनेलाई घरसम्म पुर्‍याइदिने निर्णय पनि गरेको छ।

शेरचनले सरकारको तर्फबाट निजी क्षेत्र, संघसंस्था, राजनीतिक दल सबैले एकजुट भएर विपत्तिको सामना गर्न अपिलसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?