+
+
Shares

बाढीपहिरो प्रभावितलाई केआईईसीले दियो साढे १५ लाख

सहयोग रकम केआईईसी मुख्य कार्यालय सहित देशभरिका शाखाको संयुक्त पहल र योगदानमा संकलन गरी कोषमा जम्मा गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केआईईसीले भोटेकोशी क्षेत्रसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
  • उक्त रकम केआईईसी मुख्य कार्यालय र देशभरिका शाखाको संयुक्त पहलमा संकलन गरी कोषमा जम्मा गरिएको हो ।
  • केआईईसीले विपद्‌मा परेका नागरिकका लागि नगदसँगै रक्तदान, अत्यावश्यक सामान संकलन र राहत वितरण पनि गरिरहेको जनाएको छ ।

१५ भदौ, काठमाडौं । भोटेकोशी क्षेत्र लगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी र लेदोसहित पहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै, केईआईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

उक्त सहयोग रकम केआईईसी मुख्य कार्यालय सहित देशभरिका शाखाको संयुक्त पहल र योगदानमा संकलन गरी कोषमा जम्मा गरिएको हो ।

अहिलेको टड्कारो आवश्यकता भनेको विपद्‌मा परेका नागरिकको ‘गाँस र स्वास्थ्य’ दुवै जोगाउनु हो । बाढीपहिरोका कारण सिर्जित खाद्यान्न अभाव र त्यसपछि फैलिन सक्ने सम्भावित महामारी ध्यानमा राखेर केआईईसीले नगद सहयोग बाहेक थप राहतका काम पनि गरिरहेको जनाएको छ ।

प्रभावितहरूको तत्काल आवश्यकता मध्यनजर गर्दै रक्तदान कार्यक्रम सहित अत्यावश्यक सामान संकलन गरी सम्बन्धित निकाय मार्फत पीडित समक्ष पुर्‍याउँदै आएको केआईईसीले जनाएको छ ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई आवश्यक राहत पुर्‍याउन र सरकारी स्तरबाट भइरहेका उद्धार तथा पुनर्स्थापनाका काममा नागरिक स्तरबाट हातेमालो गर्न सहयोग थालिएको जनाइएको छ ।

बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति केआईईसीले  श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ र घरबारविहीन भएका प्रभावितको सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?