News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रभ्य समूहअन्तर्गत सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
- समूहको सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित समुदायमा पुगेर खाद्यान्न र अत्यावश्यक सामग्री वितरण गरिरहेको छ ।
- समूहले बाढी प्रभावित समुदायसँग ऐक्यबद्ध भएर राहत र पुनस्र्थापनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
१५ भदौ, काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उपयोग हुने विश्वास गरिएको छ ।
प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गतको आफ्नो संस्था ‘सिप्रदियन सहायता संस्था’ मार्फत समेत प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको समूहले जनाएको छ ।
‘सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न, तथा अन्य आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरिरहेका छन्’ जारी विज्ञप्तिमा भनिएको छ ‘प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै संस्थाले स्थानीय स्तरमै समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।’
सिप्रभ्य समूहले राष्ट्रलाई संकट परेको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4