+
+
Shares

विपद्‍मा शंकर ग्रुपको ४ करोड सहयोग, २५ लाख बराबरको टेन्ट पनि वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शंकर ग्रुपले देशमा आएको पछिल्लो प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।
  • ग्रुपले अर्थमन्त्रीमार्फत राहत कोषका लागि चेक हस्तान्तरण गरेको र विपद्को तेस्रो दिनमै २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ।
  • शंकर ग्रुपले विपद्‌मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार र राहतमा खटिएका निकायप्रति आभार प्रकट गरेको छ।

१६ भदौ, काठमाडौं । देशमा आइपरेको पछिल्लो प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ ।

शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नगद सहयोगका अतिरिक्त ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको जनाएको छ ।

विपद्‍मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै ग्रुपले उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी संयन्त्रप्रति आभार प्रकट गरेको छ ।

राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व रहेको भन्दै शंकर ग्रुपले यस्ता विपद्‍मा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?