+

साकाको गोलमा आर्सनलको लगातार दोस्रो जित

२०८३ भदौ  १६ गते ७:५६ २०८३ भदौ १६ गते ७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुकायो साकाले गोलमा आर्सनलले एस्टन भिल्लालाई १-० ले पराजित गरेको छ ।
  • नयाँ सिजनमा आर्सनलले लगातार दोस्रो जित हो ।
  • आर्सनल, म्यानचेष्टर सिटी, हल सिटी र चेल्सीको समान ६ अंक भएको छ ।

१६ भदौ, काठमाडौं । बुकायो साकाले गरेको एक मात्र गोलमा प्रिमियर लिगको साविक विजेता आर्सनलले एस्टन भिल्लालाई १-० ले पराजित गरेको छ ।

नयाँ सिजनमा आर्सनलको यो लगातार दोस्रो जित हो ।

आर्सनललाई जित दिलाउन इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी साकाले ५९औं मिनेटमा गोल गरे । उनले रिकार्डो कालाफिओरीको कटब्याक पासमा गोल गरेका हुन् ।

लगातार दोस्रो जितपछि आर्सनल अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

म्यानचेष्टर सिटी समान अंक भएपनि आर्सनल गोल अन्तरमा पछि छ । आर्सनलले समान ६ अंक भएका हल सिटी र चेल्सीलाई भने गोल अन्तरमा पछि पारेको छ ।

आर्सनल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय