+
+
Shares

रसुवामा सर्वपक्षीय बैठक : वडास्तरबाटै राहत वितरण गर्ने, पूर्वाधार मर्मत र यातायात सञ्चालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाको बाढीपछि प्रभावित नागरिकको उद्धार र राहत वितरण पहिलो प्राथमिकता भएको बताएका छन्।
  • मुख्यमन्त्री थापाले बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहेको भन्दै सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए।
  • सर्वपक्षीय बैठकले भत्किएका सडक र पूर्वाधार मर्मत, वडास्तरमा राहत वितरण र शव व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ।

१६ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको विनाशकारी बाढीपछिको पहिलो प्राथमिकता प्रभावित नागरिकको उद्धार र राहत वितरण भएको बताएका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहेको भन्दै सम्पूर्ण सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए।

उनले विपद्को यस घडीमा आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि र अन्य राहत सामग्रीको कुनै अभाव हुन नदिन सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप चुस्त र व्यवस्थित बनाउन उक्त सर्वपक्षीय बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।

बैठकले के के निर्णय गरे ?

पूर्वाधार मर्मत र यातायात सञ्चालन: बाढीले भत्काएका सडक तथा अन्य पूर्वाधारको तत्काल मर्मत गरी यातायात सुचारु गर्ने। यस कार्यका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर आवश्यक स्रोतसाधन परिचालन गर्ने।

वडास्तरमै राहत वितरण: संघीय सरकारका कार्यालयहरूबाट राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारमार्फत त्यसको उचित व्यवस्थापन मिलाउने र स्थानीय तहसँगको सहकार्यमा वडास्तरसम्मै पुगेर वितरण गर्ने।

शव व्यवस्थापनको जिम्मा स्थानीय तहलाई: बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचान र व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गर्ने। शव व्यवस्थापनका लागि आवश्यक स्थान र अन्य व्यवस्थापकीय जिम्मेवारी सम्बन्धित स्थानीय तहले नै लिने।

दीर्घकालीन पुनर्निर्माण र सतर्कता: क्षतिग्रस्त सडक र पुलको तत्कालीन मर्मतसँगै दीर्घकालीन पुनर्निर्माणका कामलाई सम्बन्धित निकायले प्राथमिकताका साथ अघि बढाउने। सम्भावित जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन सुरक्षा तथा पूर्वतयारीका उपायहरूलाई थप प्रभावकारी बनाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?