News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङमा गएको पहिरोमा ज्यान गुमाउने र बेपत्ता भएकाको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ।
- भदौ १० गते आएको लेदोसहितको पहिरोले केरुङ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको थियो।
- प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी, उद्धार र राहत वितरणको काम निरन्तर जारी छ।
१६ भदौ, काठमाडौँ । चीनको दक्षिण-पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङमा गएको विनाशकारी पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ।
भदौ १० गते आएको लेदोसहितको भीषण पहिरोका कारण त्यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा आयोजित उक्त स्मृति सभामा विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
केरुङ नाका तथा आसपासको प्रभावित क्षेत्रमा हाल बेपत्ता नागरिकहरूको खोजी, उद्धार तथा राहत वितरणको कार्य निरन्तर जारी छ। एकातिर खोजी र राहतको काम चलिरहँदा, अर्कोतिर विपद्मा परेकाहरूको सम्झनामा स्थानीय स्तरमा यो शोक सभा गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4