+
+
Shares

शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि १ करोड ५१ लाख रुपैयाँ उपलब्ध गराएका छन्।
  • कम्पनीका अध्यक्ष रमेश शर्मा र अन्य प्रतिनिधिले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष सहयोग रकम हस्तान्तरण गरेका छन्।
  • रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा बाढीले ठूलो जनधनको क्षति भएपछि सहयोग रकम प्रदान गरिएको हो।

१६ भदौ, काठमाडौं । बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुलुककै प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट १ करोड ५१ लाख उपलब्ध गराइएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवम् सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गरे ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपको तर्फबाट सहयोग रकम प्रदान गरिएको हो ।

शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढीका कारण शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै विपद्बाट प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति व्यक्त गरी उनीहरूको उद्धार एवम् पुर्नस्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकार समक्ष आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?