+

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

२०८३ भदौ  १६ गते १४:२९ २०८३ भदौ १६ गते १४:२९
रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका स्वदेशी तथा विदेशी चिकित्सकले बाढीपीडितको उपचारका लागि अस्थायी दर्ता लिन सक्ने भएका छन्।

१६ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

प्राकृतिक विपद्‍मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ ।

‘नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सक तथा संघसंस्थाले नेपालको प्रचलित ऐन, कानुन र नियमअनुसार व्यक्तिगत वा सामूहिक रूपमा उपचार सेवामा संलग्न हुनुअघि काउन्सिलबाट स्वीकृति वा अस्थायी दर्ता लिन सकिनेछ’ सूचनामा भनिएको छ ।

यस्तै, उपचारमा संलग्न हुने चिकित्सक तथा संघसंस्थाले स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखासँग समन्वय र संयोजन गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

साथै, उपचारमा संलग्न जनशक्ति, प्रयोग भएका स्रोत–साधन र उपचार सामग्रीको विवरणसँगै उपचार सेवा प्राप्त गरेका व्यक्तिको यथार्थ विवरण स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा र काउन्सिलमा पेस गर्न पनि अनुरोध गरिएको छ ।

No description available.

उपचार चिकित्सक मेडिकल काउन्सिल रसुवा बाढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने