१६ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले प्रकृतिक विपद्को सामना सबैले एकताबद्ध भएर गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभामा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
भदौ १० गते रसुवामा विनाशकारी बाढी गएको थियो । उक्त बाढीले ठूलो मात्रामा धनजनको क्षति भएको स्मरण गरे ।
‘यो ठूलो विपद् हो । मानवीय व्यवहारका कारणले सिर्जित भएपनि यो प्रकृतिद्वारा आपत्ति आएको छ’, ठाकुरले भने, ‘विपद्ले देशलाई पूरै एकताको सूत्रमा बाँधिदिएको छ ।’
नेपालले आफ्नै ताकतमा पनि धेरै कुरा गर्नसक्ने र यसका लागि तयार रहेको पनि उनले बताए । साथै, अन्तराष्ट्रिय सहयोगका लागि आभार प्रकट गरे ।
विदेशमा रहेका नेपालीहरू समेत विपद्मा एक भएको उनले बताए ।
प्रतिक्रिया 4