+
+
Shares

बाढीको असर पर्यटनमा, अगस्टमा घटे पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी र त्रिशूली नदीको विनासकारी बाढीपछि २०२६ अगस्टमा नेपालमा ८५ हजार ४४४ अन्तर्राष्ट्रिय पर्यटक आएका छन्, जुन अघिल्लो वर्षभन्दा ३.६ प्रतिशत कम हो ।
  • रसुवागढी नाका हुँदै २६ तारिख आएको बाढीले रसुवा, नुवाकोट, धादिङमा मानवीय र भौतिक क्षति पुर्‍याउँदै पर्यटक आगमनमा प्रत्यक्ष असर गरेको छ ।
  • अगस्टमा भारतबाट २६ हजार ३७३, चीनबाट १० हजार ३०४ र श्रीलंकाबाट ८ हजार ७१० पर्यटक आएका छन्, जबकि रुस, युक्रेन र कम्बोडियाबाट वृद्धि भएको छ ।

१६ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनासकारी बाढीपछिको असर पर्यटक आगमनमा देखिएको छ ।

सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिए । यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३ हजार ३ सय ३६ ले कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० पर्यटक आएका थिए । यस महिनामा गत आवको तुलनामा ३.६ प्रतिशतले आगमन घटेको देखिन्छ ।

यस वर्ष अगस्ट अन्तिम साता अर्थात् २६ तारिखमा रसुवागढी नाका हुँदै प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङसहित यस नदी प्रणाली आसपास ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

साथै कैलाश मानसरोवर र गोसाईंकुण्ड यात्रामा निस्किएका आन्तरिक तथा वाह्य पर्यटक बाढीको चपेटामा परे । सो बाढीको असर पर्यटक आगमनमा प्रत्यक्ष देखिएको छ । बाढीसँगै अमेरिकासहितका मुलुकले ट्राभल एडभाइजरी जारी गर्दै नेपाल यात्रामा चेतावनी दिइरहेका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक आएका छन् । चीनको आगमन गत वर्षको अगस्टको ७ हजार ५३३ तुलनामा ३६.७८ प्रतिशत बढेको छ । त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना आएका छन्, जुन गत वर्षको तुलनामा ४६.२४ प्रतिशत वृद्धि हो । अमेरिकाबाट ६ हजार २९३ जना पर्यटक आएका छन् । बंगलादेशबाट ४ हजार ४८७ जना आएका छन् भने बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् । युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना आएका छन्, जुन ३.८६ प्रतिशत वृद्धि हो ।

अमेरिकी मुलुकहरूबाट ७ हजार ४७३ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना आएका छन् भने यो क्षेत्रको दर ६.९९ प्रतिशत वृद्धि भएको छ । अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो ।

अगस्ट २०२६ मा केही प्रमुख बजारबाट उल्लेख्य वृद्धि भएको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना आएका छन्, जसमा ८३.०५ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो । भुटानबाट १ हजार २८८ जना आएका छन् भने आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन् । यी देशबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?