News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजेश हमालले अस्ट्रेलियामा भएको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा दिएका छन्।
- क्यानबेरामा सोमबार आयोजित कार्यक्रममा संकलित रकम हमालले जानकारी दिएका हुन्।
- ५ सेप्टेम्बरको केन्र्स र ९ तारिखको ब्रिसबेसन कार्यक्रमबाट संकलन हुने रकम पनि कोषमा दिने जनाइएको छ।
काठमाडौं । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् ।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाइएको अभिनेता हमालले जानकारी दिए ।
सोमबार क्यानबेरामा हमालसँग फ्यानको मिट एन्ड ग्रीट कार्यक्रम आयोजना भएका थिए । ५ सेप्टेम्बरमा क्वीन्सल्यान्डको उत्तरी सहर केन्र्स र ९ तारिखमा ब्रिसबेसनमा आयोजना हुन थप दुई कार्यक्रमबाट संकलन हुने रकम समेत कोषमा प्रदान गर्ने जनाइएको छ ।
यी सबै कार्यक्रमको आयोजना ८८४८ मःम हाउसले आयोजना गरेको हो, जहाँ हमाल सहभागी छन् । हमाल १० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4