+
+
Shares

दक्षिण कोरियाबाट थप ४४ जनाको उद्धार टोली नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाबाट खोज, उद्धार र राहतका लागि ४४ जनाको विपद् राहत टोली बुधबार बिहान नेपाल आउने भएको छ।
  • कोरियाली टोलीले ७०० उपकरण र खोज–उद्धारका लागि पाँच कुकुर ल्याउने छ।
  • टोली करिब १० दिन नेपालमा रहेर राहत र उद्धार कार्य गर्नेछ, र नौ कोरियाली नागरिक बाढीबाट हराइरहेका छन्।

१६ भदौ, काठमाडौं । दक्षिण कोरियाली विपद् राहत टोली बुधबार नेपाल आउने भएको छ । खोज, उद्धार र अन्य राहतका लागि ४४ जनाको टोली नेपाल आउन लागेको हो ।

कोरियाली विपद् राहत टोली (केडीआरटी) मा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका), आगो नियन्त्रक र अन्य गरी ४४ जना नेपाल आउन लागेको कोरिया टाइम्सले लेखेको छ ।

मंगलबार राति कोरियाबाट उड्ने उनीहरु बुधबार बिहान नेपाल आइपुग्ने छन् ।

उद्धारमा आउन लागेको टोली केसी–३३० नामक ट्रान्सपोर्ट विमानमा चढेर नेपाल आउन लागेका हुन् । कोरियाली टोलीले ७०० वटा उपकरण र खोज–उद्धारका लागि पाँचवटा कुकुर ल्याउन लागेका छन् ।

उनीहरूको नेपालमा करिब १० दिन रहेर उद्धार र राहतका कार्य गर्ने कोरिया टाइम्सले लेखेको छ ।

नौ जना कोरियाली नागरिक बाढीबाट हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?