News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
- जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
- जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका लागि आफ्ना उद्योगका निर्माण सामग्री छुटमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
१६ भदौ, काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट पीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउ पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पुनर्स्थापना तथा पूनर्निर्माण कार्यमा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरु छुटमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाको क्षेत्रमा गरिएको यो सहयोगले विपद् प्रभावितमा मलहमको काम गर्ने विश्वास रहेको निर्देशक रुङ्गटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4