News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्दै फणिन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका छन् ।
- ऊर्जा मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
- केन्द्रमा एमाले–नेकपा सहमति भएपछि १० भदौमा एमालेका चार मन्त्रीले राजीनामा दिएका थिए ।
१७ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गठबन्धन भएपछि गण्डकीमा १० भदौमा एमालेका ४ मन्त्रीले राजीनामा दिएका थिए ।
२१ जेठ २०८१ मा विश्वासको मत दिएर मन्त्रीसमेत भएका तत्कालीन माओवादीको चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटालाई पाण्डेले फेरि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बनाएका छन् ।
ऊर्जा मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई मुख्यमन्त्री पाण्डेले आफैंसँग राखेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नेकपाका फणिन्द्रले जेनजी आन्दोलनमा बालबालिकासहितको ज्यान गएपछि २४ भदौमा राजीनामा दिएका थिए । अहिले फणिन्द्रकै मागअनुसार देवकोटालाई ऊर्जा मन्त्रालय दिएर न्यौपानेलाई भौतिकको जिम्मेवारी दिइएको हो । मन्त्री देवकोटाले शपथ समेत लिइसकेका छन् ।
दुई पटकसम्म सर्वोच्चमा रिट हालेर एमालेका खगराज अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको नेता हैसियतमा पाण्डे २०८१ जेठ १६गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले एमाले र माओवालीबेगर नै राप्रपाका २, स्वतनत्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्रको समर्थनले विश्वासको मत पाएका थिए ।
उनले विश्वासको मत लिइसकेपछिमात्रै केन्द्रमा एमाले र कांग्रेसले सहकार्य गर्ने सहमति गरेका थिए र सरकारमा एमाले सहभागी भएको थियो ।
अहिले फेरि केन्द्रमा एमाले, नेकपाको सहमति भएपछि १० भदौमा एमाले भौतिक मन्त्री गोविन्दबहादुर, कृषि मन्त्री भीम कार्की, स्वास्थ्य मन्त्री लक्ष्मण पाण्डे र पर्यटन मन्त्री यशोदा रिमालले राजीनामा दिएका थिए ।
एमालेले राजीनामा दिएका मन्त्रालय मुख्यमन्त्री पाण्डेले नै राखेका थिए ।
प्रतिक्रिया 4