+
+
Shares

बाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:५७

१७ भदौ, विराटनगर । भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरको शिक्षादीप कलेजले १२ लाख ५१ हजार सहयोग गरेको छ ।

बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली र विद्यार्थीले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

बाढी प्रभावितका लागि कलेज र विद्यार्थीको पहलमा राहत सहयोग गरिएको अध्यक्ष पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?