News Summary
Generated by OK AI. Editorially reviewed.- एनएमबी बैंकले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहत र पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जाने गरी ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
- सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलसहितको टोलीले सो रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ।
- बैंकले प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख बराबरको राहत सामग्री पनि प्रदान गरेको छ।
१७ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलसहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।
साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकका लागि दश लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ । अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4