+
+
Shares

खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित छन् : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि ११ हजार ९ सय ९३ जनाको उद्धार भएको र ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको बताए ।
  • उनले बाढीमा घाइते २ सय ९२ जनामध्ये १ सय ८२ जना डिस्चार्ज भएको र बाँकीको उपचारमा स्वास्थ्यकर्मी खटिएको जानकारी गराए ।
  • शाहले प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक, मनोपरामर्श सेवा र महामारी रोकथामका अभियान सञ्चालन भइरहेको बताए ।

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ । ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी उनले गराए ।

उनका अनुसार, बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उनले जानकारी गराए ।

‘केहीबेर अघिसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिसकेका छौं । ३ हजार ९ सय १६ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय  ९२ जना घाइतेमध्ये केहीबेर अघिसम्म १ सय ८२ जना डिस्चार्ज भइसक्नुभएको छ । बाँकी घाइतेहरूको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरू लागिरहनुभएको छ,’ प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौंंबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताए । उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उनको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि प्रधानमन्त्री शाहले बताए ।

‘हामीले काठमाडौंबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकको उपचारको लागि खटाइरहेका छौं । उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौं । साथै प्रभावित क्षेत्रमा कुनैपनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौं । प्रभावित क्षेत्रमा रोगको रोकथामको लागि विभिन्न माध्यमबाट सूचना प्रवाह समेत भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?