News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाए ।
- उनले जोखिम समुदायमा समयमै पुग्न नसकेको र सरकार परिणाम दिन तथा प्राण जोगाउनुभन्दा प्रचार मिलाउन लागेको बताए ।
- आङ्देम्बेले ‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो,’ भने ।
१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
साथै, उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए ।
‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो,’ उनले भने, ‘जोखिम समुदायमा समयमा पुग्न सकेन । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4