+
+
Shares

अर्थमन्त्रीको नेतृत्वमा पुनर्निर्माण विशेष कार्यदल गठन गरौं : एमाले

‘जलवायु परिवर्तनजन्य संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र रणनीति तय गर्न सरकारले सगरमाथा संवादको दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्छ,’ बादलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १५:४०

१७ भदौ, काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा थापाले विपद्पछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठनका साथै पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री बालेन शाहले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने भन्दै संसद्लाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्ने माग पनि गरे ।

विद्यमान संकटको सामना गर्न राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरू सम्मिलित संयन्त्र निर्माणको पहल तत्काल गर्न समेत सुझाव बादलले सुझाव दिए ।

सरकारलाई आवश्यक सचेत गराउन, निगरानी गर्न र सहयोग पुर्‍याउन सभामुखको अग्रसरतामा विशेष संसदीय समिति गठन गर्न पनि उनले माग गरे ।

‘जलवायु परिवर्तनजन्य संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र रणनीति तय गर्न सरकारले सगरमाथा संवादको दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्छ,’ बादलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?