+
+
Shares

गण्डकी प्रदेशमा मन्त्रिमण्डल हेरफेर, ऊर्जामा फणीन्द्र देवकोटा

नवनियुक्त मन्त्री देवकोटालाई बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । गोरखा–२ (क)बाट निर्वाचित मन्त्री देवकोटाले आजै पदभार ग्रहण गरेका छन् ।

रासस रासस
२०८३ भदौ १७ गते १६:५७

१७ भदौ, गण्डकी । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्री देवकोटालाई बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । गोरखा–२ (क)बाट निर्वाचित मन्त्री देवकोटाले आजै पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले अन्य मन्त्रालयको समेत कार्यविभाजन गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै, यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रहनुभएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ रहेका छन् ।

नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?