News Summary
Generated by OK AI. Editorially reviewed.- एम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विक सेप्टेम्बर ३ देखि ६ तारिखसम्म फ्रान्सको एनिसमा हुने अन्तर्राष्ट्रिय महिला एम्पुटी फुटबल क्याम्पमा सहभागी हुन बिहीबार जाँदैछन् ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार उनीहरूलाई बिदाइ गरे ।
- एम्पुटी खेलकुद समाज नेपालका महासचिव डिल्लीबहादुर विष्टले क्याम्पको मुख्य उद्देश्य महिला एम्पुटी फुटबल खेलाडीबीच सहकार्य र सञ्जाल विस्तार गर्नु रहेको बताए ।
१८ भदौ, काठमाडौं । एम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विक बिहीबार फ्रान्सको एनिस जाने भएका छन् ।
युरोपियन एम्पुटी फुटबल महासंघ (इएएफएफ) को आयोजना तथा विश्व एम्पुटी फुटबल महासंघको (डब्लुएएफएफ) को सहयोगमा सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने अन्तर्राष्ट्रिय महिला एम्पुटी फुटबल क्याम्पमा सहभागी हुन उनीहरु फ्रान्स जान लागेका हुन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार बिदाइ गरे ।
एम्पुटी खेलकुद समाज नेपालका महासचिव डिल्लीबहादुर विष्टले क्याम्पको मुख्य उद्देश्य महिला एम्पुटी फुटबल खेलाडीबीच सहकार्य र सञ्जाल विस्तार गर्नु रहेको बताए ।
प्रतिक्रिया 4