News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि न्युरो हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख १११ रुपैयाँ सहयोग गरेको छ।
- न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्टले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत उक्त रकम सहयोग गरेको बताए।
१८ भदौ, विराटनगर । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका विराटनगरको न्युरो हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
न्य’रो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत २१ लाख १११ रुपैयाँ सहयोग गरेका हुन्। बाढी पीडितहरूको शीघ्र राहत र पुनर्स्थापनाका लागि सहयोग गरेको विष्टको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4