१८ भदौ, काठमाडौं । ग्रिन आर्मीबारे संसद्मा प्रश्न उठेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद हरिमोहन भण्डारीले यो विषयमा छानबिनको माग राखेका छन् ।
बाढी प्रभावित क्षेत्रको विषयमा सरकारको कामकारबाहीको विषय प्रतिनिधिसभाको बैठकमा उठाउने क्रममा उनले त्यसक्षेत्रमा खटिएका ग्रिन आर्मीबारे जिज्ञासा राखेका हुन् ।
‘नेपाली सेना, सशस्त्र प्रहरीले गरेको कार्यको प्रशंसा गर्न चाहन्छु र यो हरियो सेना भनेको के हो ?’ उनले प्रश्न गरे, ‘यसका बारेमा अबिलम्व छानबिन गर्न मैले जरूरी देखेको छु ।’
साथै, विपद्मा परेका परिवारका लागि आवश्यक सामग्रीको जोहो गरिदिन सरकारलाई आग्रह गरे ।
ग्रिन आर्मी बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट मा उद्धारमा खटिएको छ । यसपछि यसको चर्चा चलिरहेको छ ।
यो एउटा गैरसरकारी स्वयंसेवी संस्था भनिएको छ । तर, यस संस्थाका सदस्यहरू नेपाली सेनाको जस्तै देखिने चुस्ता र बुट लगाएर मैदानमा उत्रिएपछि चासो व्यक्त भएको हो ।
सामाजिक सञ्जालदेखि संसदसम्म यसको वैधानिकतालाई लिएर विषय उठेको छ ।
प्रतिक्रिया 4