+
+
Shares

मकवानपुरगढीले भोटेकोशी बाढीपीडितका लागि ३७ लाख ४३ हजार सहयोग गर्ने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ३७ लाख ४३ हजार २७३ रुपैयाँ सहयोग गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १८:०५

१८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ३७ लाख ४३ हजार २७३ रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले १० भदौमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेले जानकनरी दिए ।

उनका अनुसार सहयोग रकममध्ये ५० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भने बाँकी ५० प्रतिशत बाढीपहिरो प्रभावित पालिकाको विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिनेछ ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार रकममध्ये सम्पूर्ण गाउँपालिका कर्मचारीबाट ७ लाख ४१ हजार ९५८ रुपैयाँ, विद्यालय शिक्षक तथा कर्मचारीबाट २२ लाख ५० हजार ३१५ रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिबाट २ लाख ५१ हजार रुपैयाँ र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ जुटाइनेछ ।

यसरी कुल सहयोग रकम ३७ लाख ४३ हजार २७३ रुपैयाँ पुगेको वरिष्ठ लेखा अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई राहत पुर्‍याउन, उद्धार कार्यलाई तीव्रता दिन तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनामा सहयोग गर्न आफ्नो पूर्ण ऐक्यबद्धता रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?