+
+
Shares

कृष्णभिरमा नयाँ ट्र्याक खन्न सुरु

पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ भदौ १८ गते २०:००

१८ भदौ, कृष्णभिर (धादिङ) । पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ ।

‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ।’

पहिरो नियन्त्रणका लागि लगाइएको ग्याबिन वालसमेत आवश्यक ठाउँमा निकाल्ने काम भइरहेको उनले बताइन् ।

उनका अनुसार भोलि शुक्रबारबाट मेसिनले ट्«याक खन्ने काम गर्छ । ‘आज दिनभर रुख काट्ने काम भयो, भोलिबाट मेसिन लगाएर ट्«याक खोल्ने काम सुरु हुन्छ,’ उनले भनिन् । भदौ महिनाभित्रै सडक सञ्चालन गर्ने तयारीका साथ काम अघि बढाइएको योजना प्रमुख अधिकारीले बताइन् ।

‘जतिसक्दो छिटो काम सक्ने तयारीमा छौं, नयाँ बाटो खन्दा भित्तामा कत्तिको रक भेटिन्छ त्यसमा पनि भर पर्छ,’ उनले भनिन् ।

कृष्णभिरमा गएको पहिरोका कारण पाँच दिनदेखि मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध छ । गत आइतबार त्रिशूली नदीमा आएको बाढीका कृष्णभिरमा सडकमूनिबाट पहिरो गएर  सडक अवरुद्ध बनेको थियो ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?