भदौ १० गते रसुवाबाट सुरु भएको हिमाली सुनामीको आज नवौँ दिन । आजसम्मको अपडेटअनुसार यो विनासकारी हिमाली सुनामीले एक हजार २५९ जनाको ज्यान लिइसकेको छ । ४ हजार २१६ जना बेपत्ता छन् ।
मानवीय र भौतिक क्षति कति भयो– अहिलेसम्म पनि यकीन मूल्यांकन गर्न सकिने अवस्था छैन ।
सरकारले सुरुदेखि नै विपद्मा परेकाको उद्धार गरिरहेको छ– जमिनमा रहेका करिब १२ हजारको उद्धार भएको छ ।
तर, त्रिशूली करिडोरका १२ भन्दा बढी जलविद्युत् आयोजना ध्वस्त भएका छन् । सुरुङभित्रको विपद् अझै कहालीलाग्दो छ । किनभने ९ दिनसम्म पनि सरकारले सुरुङमा फसेकाहरुको उद्धार गर्न सकेको छैन ।
सुरुङभित्र काम गरिरहेका अनुमानित ६०० भन्दा बढी इन्जिनियर र मजदुरहरू बाहिर निस्कन नपाएको अनुमान नेपाल विद्युत् प्राधिकरण र निजी उत्पादकहरूको छ । लेदो र ढुङ्गाले सुरुङका मुखहरू टालिएका कारण उद्धार हुन नसकेको टिप्पणी प्रधानमन्त्री बालेन शाहले गरेका छन् ।
यस किसिमको विपद्मा उद्धार गर्ने विज्ञता संसारभरि नै नभएको बालेनको तर्क छ । जबकि, यस क्षेत्रका विशेषज्ञहरू तथा फिल्डमै खटिएका प्राविधिक मानिसहरू प्रधानमन्त्री बालेनको कुरा मान्न तयार छैनन् ।
विपद्को सुरुवाती ७२ घण्टालाई ‘गोल्डेन आवर’ मानिन्छ, जहाँ मानिसलाई जीवितै उद्धार गर्ने सम्भावना सबैभन्दा उच्च हुन्छ ।
तर ९ दिन बितिसक्दा पनि सुरुङभित्र फसेका मानिसहरूलाई निकाल्न ठोस सफलता मिल्न सकेको छैन ।
के कारणले यतिका समयसम्म उद्धार हुन सकेन ? प्रधानमन्त्रीले भनेजस्तै विशेषज्ञ र प्रविधि संसारभरि नै नभएर हो ? कि सरकारले त्यस्तो सहयोग नलिएर हो ? किन सरकारको क्षमता पुग्न सकेन् ? अरूलाई पनि उद्धार गर्न दिएन ?
यसबारे विस्तृत ब्रिफिङ भिडिओमाफत् हेरौं :
प्रतिक्रिया 4