+
+
Shares

पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा मध्यराति आगलागी, नियन्त्रण प्रयास हुँदै

प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला फुटबल ग्राउन्ड नजिकैको कटेजमा राति साढे १२ बजे विद्युत् सर्ट भएर आगलागी भएको छ।
  • प्रहरी र दमकलको टोली अहिले आगो नियन्त्रणमा खटिएको छ।
  • कटेजका सञ्चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो ।

प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

अहिले दमकल पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेको असई ओलीले जानकारी दिए ।

अहिलेसम्म कटेजका सञ्चालक भने प्रहरीको सम्पर्कमा आइसकेका छैनन् । अहिले दमकलसहित प्रहरीको टोली पुगेर आगो निभाउने काम गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?