+
+
Shares

सेनालाई उद्धृत गर्दै इन्जिनियर न्यौपाने भन्छन्- सुरुङभित्रबाट मानिसको आवाज सुनियो

खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा १० भदौको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार र खोजी कार्य तीव्र पारिएको छ।
  • इन्जिनियर श्रीराम न्यौपानेले सेनाबाट सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी आएको बताउँदै यसलाई आशाजनक संकेत भनेका छन्।
  • नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ ।

खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरुङ भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।’

उनले लेखेका छन्, ‘उद्धार कार्य अझै जारी छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?