+
+
Shares
सुरुङ उद्धारमा खटिएका सेनाका कमान्डर गंगा बराल :

‘ठूलो सफलता हात लाग्यो, विपद् उद्धारमा नेपालीले गर्नसक्छ भन्ने प्रमाणित भयो’

बराल भन्छन्, ‘रातदिन काम गर्‍यौं । विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ । नेपालीले पनि गर्नसक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ भदौ १९ गते १३:३५

१९ भदौ, रसुवा । भोटेकोशीको बाढीका कारण त्रिशुली थ्री-एको सुरुङको मुख थुनिएपछि फसेका दुई जनाको शुक्रबार उद्धार भएको छ । बाढी आएको १० दिनपछि दुइजना सकुशल भेटिएपछि त्यहाँ हराइरहेका भनिएका अन्यलाई पनि फेला पार्ने आशा जागेको छ ।

यो सुरुङमा फसेकाहरूलाई बाहिर ल्याउनका लागि नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत प्राधिकरणका प्रावधिक लगायतको टोली खटिएको थियो । उनीहरूले एक साता लामो प्रयासपछि जीवित उद्धार गर्न सफल भएका हुन् । यसले नेपालमै पनि यस्ता जटिल विपद्मा पनि नेपालीले नै गर्नसक्छन् भन्ने प्रमाणित भएको छ । त्रिशूली ३ ‘ए’ मा उद्धार टोलीको कमान्ड गरिरहेका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल गंगा बराल भन्छन्- ‘रातदिन काम गर्‍यौं । विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ । नेपालीले पनि गर्नसक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं ।’

उनले विपद् व्यवस्थापनमा यो सुरुङबाट उद्धारको घटना एउटा ठूलो अनुभव भएको उनले बताए । उनका अनुसार अहिले अरू पनि मानिस त्यहाँ फसेको हुनसक्ने भएकाले सक्रिय रूपमा काम गरिरहेको उनले जानकारी दिए ।

‘हामीले दिन रात काम गर्‍यौं, लागिरह्यौं । सेना, सशस्त्र नेपाल प्रहरी विद्युत् प्राधिकरणका कमर्चारी सबैको समन्वयमा काम भइरहेको छ,’ उनले भने ।

शुक्रबार बिहान सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो । सञ्जय साह आयोजनाको कन्ट्रोल रूममा काम गर्थे । महर्जन आयोजनाका सुपरभाइजर हुन् । उद्धार लगत्तै महर्जनलाई सैनिक अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । साहलाई पनि उच्च मेडिकल निगरानीमा राखिएको छ । साहले उद्धारपछि आफू कसरी फसेँ भन्नेबारे बोलेका छन् । उनले बाढी सुरुङमा पसेपछि अरूलाई पनि भाग्न भनेको र त्यसक्रममा आफू ढिलो हुँदा भित्रै फसेको बताएका छन् ।

त्रिशुली ३ ए को सुरुङ उद्धारको काम भइरहेको स्थानमा बरालसँग गरिएको  कुराकानी :

तपाईंले दुई जनाको सकुशल उद्धार गर्ने टोलीको नेतृत्व गर्नुभएको थियो। २४ सै घण्टा खटिएर अन्ततः सफलता हासिल गर्नुभयोयो कसरी सम्भव भयो?

बाढी आएलगत्तै नेपाली सेनाको स्पेशल फोर्स‘, कम्ब्याट इन्जिनियर र कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु‘ टोली यहाँ खटिएको थियो। नतिजा आउन केही समय लागे पनि अन्ततः हामी दुई जनाको सकुशल उद्धार गर्न सफल भयौँ।

४२ जना बेपत्ता भनिएको थियोउहाँहरूलाई पनि सकुशल उद्धार गर्न सकिएला ?

उद्धार टोलीहरू अझै पनि भित्रै खटिएर खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

नेपाली सेनाजनपद र सशस्त्र प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी खटिनुभएको छ। कार्यक्षेत्रको जोखिम र निकायहरूबीचको समन्वय कस्तो छ?

सबै सुरक्षा निकायले आ-आफ्नो क्षेत्रबाट उत्कृष्ट समन्वय गरेर काम गरिरहेका छौँ। काठमाडौँबाट आउनुभएका इन्जिनियर उदय न्यौपाने लगायतको प्राविधिक टोलीको मार्गदर्शन र अन्य सुरक्षा निकायहरूसँगको प्रभावकारी समन्वयले नै यो सफलता सम्भव भएको हो ।

उद्धारका लागि भित्रको अवस्था कस्तो छअक्सिजनलाइट र थप चुनौतीहरू के छन् ?

भित्र अझै पनि खोज तथा उद्धारको काम भइरहेकाले अहिल्यै विस्तृत विवरण भन्न सकिने अवस्था छैन। टोलीहरू खटिएका छन् र उद्धार कार्य जारी छ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?