+
+
Shares

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।

रासस रासस
२०८३ भदौ १९ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीले बगाएका मृत पशु नारायणी नदी किनारमा भेटिएपछि भरतपुर महानगरपालिकाले भदौ १५ देखि व्यवस्थापन अभियान चलाएको छ।
  • महानगर प्रहरीका अनुसार दैनिक जेसीबी र ट्याक्टरसहितको टोलीले देवघाटदेखि गोलाघाटसम्म भेटिएका भैँसी, गाई, सुँगुर र बङ्गुरलाई व्यवस्थापन गरिरहेको छ।
  • दैनिक पाँचदेखि सात मृत पशु व्यवस्थापन भइरहेका छन्, र टोली भदौ १० देखि बाढीमा बेपत्ता मानिसको शव खोजी तथा व्यवस्थापनमा पनि खटिएको छ।

१९ भदौ, नारायणगढ  । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्‍याएको छ ।

बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।

महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो ।

दैनिक जेसीबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उनले बताए ।

‘धेरै मात्रामा भैँसी र गाई भेटिएका छन् । त्यसका साथै सुँगुर र बङ्गुुर पनि भेटिएका छन्,’ उनले भने, ‘नदी किनारका बस्तीमा दुर्गन्ध फैलिन थालेकाले व्यवस्थापन गर्न आवश्यक देखेपछि काम थालेका हौँ ।’

प्रहरी नायब उपरीक्षक ढकालका अनुसार भरतपुर महानगरपालिका–१ देवघाट (ठिमुरा) बाट गोलाघाटसम्म बस्ती नजिक भेटिएका मृत पशुलाई बस्तीभन्दा केही टाढा लगेर व्यवस्थापन गरिँदैछ ।

बस्ती नभएको स्थानमा भेटिएका मृत पशुलाई भने पशु प्राविधिकको समन्वयमा सोही स्थानमा गाड्ने गरिएको उनले जानकारी दिए ।

हाल दैनिक पाँचदेखि सात वटासम्म मृत पशुको व्यवस्थापन भइरहेको छ । मृत पशुको व्यवस्थापनका लागि महानगर प्रहरीसँगै महानगरपालिकाका भेटेरिनरी प्राविधिकसमेत खटिएका छन् ।

भदौ १० गतेदेखि महानगर प्रहरीको टोली बाढीमा बेपत्ता भएका मानिसको शव खोजी तथा व्यवस्थापनमा पनि खटिएको छ । अहिले मानिससँगै बगेका मृत पशुचौपायाको व्यवस्थापनमा टोली निरन्तर लागि रहेको प्रमुख ढकालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?