News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ।
- सहयोग सामग्री शुक्रबार सिगात्सेको रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
- ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बेली प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बिमसहितको सामग्री बुझेका थिए।
१९ भदौ, काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ।
सिजाङ स्वायत्त क्षेत्रबाट पठाइएको उक्त सामग्री शुक्रबार सिगात्सेको रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
सहयोग सामग्रीमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन् । यी सामग्रीबाट दुईवटा बेलिब्रिज निर्माण गर्न सकिने चिनियाँ दूतावासले जनाएको छ ।
ल्हासामा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासबीच सहयोग हस्तान्तरणसम्बन्धी कार्यक्रमसमेत आयोजना गरिएको थियो।
सहयोग सामग्री नेपालका ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बुझेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4