News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।
- तालबाराही मन्दिर पछाडि फेवातालमा डुबेका तामाङलाई गोताखोर टोलीले दिउँसो १४:५० बजे करिब ३० फिट गहिराइबाट अचेत अवस्थामा फेला पारेको थियो।
- उद्धारपछि उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
२० भदौ, पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक जनाको सकुशल उद्धार भएको छ ।
उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेका थिए ।
उक्त सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका फेवा रेस्क्यु टावरबाट टोली परिचालन भएको थियो ।
विपद् उद्धार टोली (गोताखोर) आवश्यक उद्धार सामग्री सहित खटिएको टोलीले उनको उद्धार गरेको हो ।
खोजतलासका क्रममा दिउँसो १४:५० बजे तालको अन्दाजी ३० फिट गहिराइबाट गोताखोर टोलीले आयुष तामाङलाई अचेत अवस्थामा फेला पारी तालबाट बाहिर निकालेको थियो ।
उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) तर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4