+
+
Shares

नेपाली सेनाको १० सदस्यीय टोली लन्डनमा, क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुने

संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा  हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १७:११

२० भदौ, लन्डन । संयुक्त अधिराज्य बेलायतको वेल्स राज्यमा अक्टोबरमा  हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन पुगेको छ ।

टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र पट्रोल कमान्डर लेफ्टीनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा लन्डन आएको टोलीलाई लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत गरेका थिए ।

आउँदो २ देखि १३ अक्टोबर २०२६ सम्म हुने उक्त अभ्यास बेलायती सेनाको गस्तीसम्बन्धी प्रमुख अभ्यास मानिन्छ । यसको आयोजना ‘मुख्यालय १६०औँ (वेल्स) ब्रिगेड’ ले गरेको हो ।

सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

यस अभ्यासमा नेपाली सेनाले वर्सेनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाम अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ ।

गत वर्ष नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । उक्त अभ्यासमा गत वर्ष कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए ।

सन् २०२४ मा पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए ।

यसअघि सन् २०१७ र २०१९ मा समेत नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।

निकै कठोर मानिने यो अभ्यासमा मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने ब्रिटिस सेनाको भनाइ छ ।

अभ्यासमा सहभागी टोलीको लडाइँ तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

८ चरणमा विभाजित हुने अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पाउन्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?