News Summary
Generated by OK AI. Editorially reviewed.- युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी वार्ताकार स्टिव विटकफ र जारेड कुशनरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
- पुटिनले अमेरिकी प्रतिनिधिसँगको सम्पर्क उपयोगी भएको बताउँदै ट्रम्पको शान्ति प्रयासका लागि धन्यवाद दिएका छन्।
- जेलेन्स्कीले अमेरिकी प्रतिनिधिसँग कुरा भएको बताउँदै वार्ता प्रक्रियामा सहभागी शहरहरूमा हवाई आक्रमण रोक्न युक्रेन तयार रहेको बताएका छन् ।
२१ भदौ, काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले कूटनीतिक पहललाई फेरि तीव्र बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष वार्ताकारहरू स्टिव विटकफ र जारेड कुशनरले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका छन्।
क्रेमलिनले जारी गरेको भिडियो फुटेजमा विटकफ र कुशनरले पुटिनसँग भेट गरी अभिवादन गरेको देखाइएको छ । भेटका क्रममा पुटिनले युक्रेन युद्धको वर्तमान अवस्था ‘त्यति सहज नभएको’ बताएका थिए ।
उनले भनेका छन् रूसले ‘परिस्थितिलाई कसरी हेर्छ’ भनेर व्याख्या गर्नेछन् ।
विटकफले युक्रेनसँग तीन दिनका लागि एकअर्काको राजधानीमा आक्रमण रोक्न सहमत भएकोमा पुटिनलाई धन्यवाद दिए । अमेरिकी वार्ताकारहरू आइतबार थप छलफलका लागि युक्रेनको राजधानी किएभ जाने कार्यक्रम छ।
शनिबार क्रेमलिनमा भएको भेटका क्रममा पुटिनले अमेरिकी प्रतिनिधिहरूसँगको सम्पर्कलाई उपयोगी भएको बताएका थिए। उनले शान्ति स्थापना गर्न ट्रम्पले गरिरहेको प्रयासका लागि धन्यवाद दिँदै अमेरिकी वार्ताकारहरूसँग काम गर्न आफू सहज रहेको समेत बताएका थिए।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार रुसी राजधानीको केन्द्रमा रहेको पुटिनको आधिकारिक निवासमा बन्द ढोकाभित्र भएको वार्ता करिब तीन घण्टा चलेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आफूले अमेरिकी राष्ट्रपतिका प्रतिनिधिहरूसँग कुराकानी गरेको बताएका छन्।
जेलेन्स्कीका अनुसार अमेरिकी प्रतिनिधिहरूले शनिबारदेखि नै रुसी पक्षसँग वार्ता अघि बढाएका छन्। उनले वार्ता प्रक्रियामा सहभागी शहरहरूमा हवाई आक्रमण रोक्न युक्रेन तयार रहेको समेत बताएका छन्।
रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न पछिल्लो समय अमेरिकी मध्यस्थतामा कूटनीतिक गतिविधि बढेको छ। तर युद्धविराम, क्षेत्रीय विवाद तथा दुवै पक्षका सुरक्षा चासोलगायत विषयमा सहमति जुटाउन अझै चुनौती कायमै छ।
प्रतिक्रिया 4