+
+
Shares

पूर्णबहादुर र शेखरसँग गगनको छुट्टाछुट्टै छलफल

ती नेताले अनलाइनखबरसँग भने, ‘सभापतिले पूर्ण र शेखर दाइसँग भेट्ने पूर्व योजना नै थियो । भेट भएको छ । कुराकानीका विषय सभापतिले कार्यसम्पादन समितिमा बताउनु होला ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
  • आज बस्ने कार्यसम्पादन समितिको बैठकमा महाधिवेशन, बाढीपछि राहत र पुनर्निर्माणबारे छलफल हुँदैछ ।
  • कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति नबदल्ने गरी वडा तहको अधिवेशन एक साता सार्ने तयारी गरेको छ ।

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

पूर्वउपसभापति खड्कासँग शनिबार र नेता डा.कोइरालासँग आज भेट भएको एक नेताले जानकारी दिए ।

कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवै जना नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् । ती नेताले अनलाइनखबरसँग भने, ‘सभापतिले पूर्ण र शेखर दाइसँग भेट्ने पूर्व योजना नै थियो । भेट भएको छ । कुराकानीका विषय सभापतिले कार्यसम्पादन समितिमा बताउनु होला ।’

आसन्न महाधिवेशन र बाढीपछि राहत, पुर्ननिर्माण लगायतमा छलफल गर्न कांग्रेसको आज कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

खड्का र कोइरालासँग संवादलाई जारी राख्न वडा तहको अधिवेशनको एक साता सार्ने तयारी गरिएको छ । केन्द्रीय महाधिवेशन (१६ देखि १९ असोजसम्म) को मिति परिवर्तन नगर्ने गरी तल्लो तहका अधिवेशनको मिति सार्न लागिएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिरमा गर्ने गरी ल्याएको महाधिवेशनको कार्यतालिकाप्रति खड्का र कोइराला सहमत देखिएका छैनन् ।

देउवा पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने बैठकमा समेत खड्का र कोइराला उपस्थित भएनन् । साथै, देउवा पक्षले गरेको राष्ट्रिय भेलाको अन्तिम दिनमा पनि उनीहरू सहभागी भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?