+
+
Shares

ऊर्जामन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’बाट उद्धार गरिएका घाइतेलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भेटेका छन् ।
  • श्रेष्ठले त्रिशूली थ्री ‘ए’ का सञ्जय साह र कबिर महर्जन, माथिल्लो त्रिशूली–१ का एक चिनियाँ नागरिक र स्याफ्रुकी एक किशोरीलाई भेटेका हुन् ।
  • श्रेष्ठले घाइतेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउँदै मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक रहेको उल्लेख गरेका छन् ।

२१ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट गरेका छन् ।

आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेटगरी स्वास्थ अवस्थाबारे जानकारी लिएका हुन् ।

मन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेका हुन् । मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरेका थिए ।

त्यस्तै माथिल्लो त्रिशुली–१ बाट उद्वार गरिएका चिनियाँ नागरिकलाई पनि भेटेका छन् । स्याफ्रुबाट उद्वार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका थिए ।

‘उहाँहरूको स्वास्थ अवस्था सुधारोन्मुख छ । पानी र लेदोबाट भएका घाउहरू निको हुँदैछ । शारीरिक घाउ चोटहरू निको हुन थालेको छ’ भेटपछि मन्त्री श्रेष्ठले भने ‘मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ ।’

मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्वारकर्मी सबैलाई धन्यवाद दिए । छाउनी अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेको अवस्थाबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?