News Summary
Generated by OK AI. Editorially reviewed.- यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार लगानी न्युजका सम्पादक आशिष ज्ञवालीलाई प्रदान गरिएको छ।
- ज्ञवालीलाई १ लाख नगदसहित आइतबार सम्मानपत्र प्रदान गरिएको हो।
- डा. हरिहरदेव पन्त फाउन्डेसनले पन्तको ११ औँ वार्षिक स्मृति दिवस पारेर पुरस्कार प्रदान गरेको हो।
२१ भदौ, काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशिष ज्ञवालीलाई प्रदान गरिएको छ ।
लगानी न्युजका सम्पादक तथा सेजन सदस्य ज्ञवालीलाई १ लाख नगदसहित आइतबार सम्मानपत्र प्रदान गरिएको छ । डा. हरिहरदेव पन्त फाउन्डेसनले स्थापना गरेको उक्त पुरस्कार पन्तको ११ औँ वार्षिक स्मृति दिवस पारेर प्रदान गरिएको हो ।
ज्ञवालीले दुई दशक लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका छन् । फाउन्डेसनले २०७४ सालदेखि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।
यसअघि उक्त पुरस्कार गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल, यज्ञ बञ्जाडे, कृष्ण रिजाल तथा यादव हुमागाईंलाई प्रदान गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4