News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डे रसुवाको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।
- यसअघि रसुवाका प्रमुख जिल्ला अधिकारी रहेका नरेन्द्र परियारलाई गृह मन्त्रालयले तानेको हो ।
- भोटेकोशी नदीको बाढीपछि परियारको सरुवाले कर्मचारीवृत्तमा चर्चा चलेको छ ।
२१ भदौ, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको करिब २ महिना मात्रै भएको थियो ।
आइतबार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सीडीओ परियारको सरुवा भएको विषयले कर्मचारीवृत्तमा चर्चा चलेको छ ।
बाढीको समयमा विभिन्न समन्वय गर्दा पनि सम्पर्कमा नआएको भन्दै केही दिन अघि परियारको सार्वजनिक रुपमा आलोचना समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4